पोखरा उद्योग वाणिज्यमा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

पाेखरा | भदौ २५, २०७९

पोखरा उद्योग वाणिज्यमा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनमा मतदानका दौरान सहभागी सदस्यहरु ।

पोखराः पोखरा उद्योग वाणिज्य संघमा ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । 

 

बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय बेलुकी ५ बजेसम्म रहेको संघले जनाएको छ । यतिबेला संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरुको भीड लागेको छ । 

 

संघको नेतृत्व लिन पवन प्रजापती  र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । सुनगाभा न्यूजसँगको सटिक कुराकानीमा दुबै प्यानलका अध्यक्षले जित्ने दाबी गरेका छन् । 

 

चुनावी रणनीतिअनुसार प्रजापतिलाई वामपन्थी खेमाकोसमेत सहयोग रहेको छ भने पोखरेललाई लोकतान्त्रिक समूहको साथ रहेको छ । 

 

घरदैलो कार्यक्रमपश्चात् दुबै उम्मेदवार र उनीहरुको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन । 

 

‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ’ पोखरेल समर्थक मतदाताले भने ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्